अब वृद्धभत्ता पाउने उमेर ७० वर्ष
९ जेष्ठ २०८२, शुक्रबार १७:३७

काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिक भत्ता पाउने उमेर हद ७० वर्ष कायम गर्ने भएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब १ वर्षभित्र यो व्यवस्था लागू गरिनेछ । कार्ययोजनामा अबदेखि ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नेछ ।