अव पहाडमा ठूला सडक आयोजना नबन्ने

९ जेष्ठ २०८२, शुक्रबार १७:४४

काठमाडौं । सरकारले पहाडी क्षेत्रमा नयाँ ठुला सडक आयोजना अगाडि नबढाउने कठोर नीति अपनाएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजनामा यस्तो प्रावधान राखिएको छ । यो निर्णयले पहाडी क्षेत्रको पूर्वाधार विकासमा ठुलो असर पार्ने देखिएको छ ।

कार्ययोजनाअनुसार अब सडक आयोजनाहरूलाई रणनीतिक उपयोगिताका आधारमा प्राथमिकीकरण गरिनेछ, र आगामी वर्षदेखि यो नीति लागू हुनेछ । प्राथमिकीकरण मापदण्ड तयार गरी कार्यान्वयन गर्ने र निर्माण भइसकेका सडक तथा सिँचाइ पूर्वाधारलाई उत्पादन वृद्धिमा जोड्ने योजना छ ।

तर, पूर्व तयारी नभएका आयोजनामा बजेट विनियोजन नगर्ने र आयोजना अवधिभर कर्मचारी सरुवा नगर्ने नीतिले विकास प्रक्रियामा ढिलासुस्ती र प्रशासनिक जटिलता बढ्ने ठानिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*