कोहलपुर मालपोत कार्यालयमा भ्रष्टाचारः विचौलिया र रेष्टुरेन्ट मालिक सहित खरिदार पाण्डे पक्राउ

११ जेष्ठ २०८२, आईतवार ०९:१०

काठमाडौं । बाँकेको जिल्ला मालपोत कार्यालय कोहलपुरमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे विचौलिया र रेष्टुरेन्ट मालिक सहित अख्तियारको पक्राउमा परेका छन्।

खरिदार पाण्डेले सेवाग्राहीको जग्गाको सिमाना भिडाइदिने काममा लेखापढी व्यवसायी शान्ती पुनलाई विचौलिया बनाएर २० हजार रूपैयाँ घुस माग्न लगाएका थिए।

विचौलिया पुनले पाण्डेले भने बमोजिम सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएर नजिकै रहेको तिवारी रेष्टुरेन्टका मालिक घनश्याम तिवारीलाई राख्न दिएका थिए।

यसरी भ्रष्टाचार गरेर सेवाग्राहीबाट घुमाउरो तरीकाले घुस लिने यो सेटिङ नियालिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयको टोलीले उक्त रेष्टुरेन्टमा छापा मारेर घुस रकम सहित  जेठ ९ गते ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खरिदार पाण्डे, विचौलिया शान्ती पुन र रेष्टुरेन्टका मालिक तिवारी रहेका छन्। अख्तियारले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*