सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढ्यो

११ जेष्ठ २०८२, आईतवार १०:४७

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम थियो । यता, आइतबार चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार पनि प्रतितोला चाँदीको भाउ २ हजार ५ रुपैयाँ कायम रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*