बजेटको मुखमा १० हजार इभी गाडी नेपाल भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनामा झन्डै १० हजार विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएको छ । बजेटको मुखमा हजारै गाडीहरु नेपाल भित्रिएका छन् । सरकारले बजेटको तयारी गरिरह्दा नाडाको टोलीले अर्थमन्त्री बिष्णु पौडेलसँग प्रत्यक्ष भेटेर नै इभी गाडीको सहुलियतको बिषयमा आफना मागहरु राखिसकेका छन् । सो कारण पनि इभीमा केन्द्रित रहेर बिशेष गरि चीन र भारतसँगको सहकार्यमा यो दश महिनामा नेपालमा इभी गाडी भित्राउने दर बढ्दो रहेको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले यस अवधिमा आयात गरेका ईभीको मूल्य २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ छ ।
यो बीचमा नेपालमा ९ वटा अनऐसेम्बल इभी समेत चीनबाट नेपाल आएका छन् । नेपालमा ईभीहरूमध्ये अधिकांश चीनबाट आएका छन् । यस अवधिमा चीनबाट ७ हजार ३ सय ५३ वटा ईभी आयात भएका हुन् ।
दोस्रोमा भारतबाट २ हजार ४ सय ११ ईभी आएका छन् । यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिका जस्ता देशबाट पनि ईभी आयात भएको छ ।
ईभी आयातबाट सरकारलाई १० महिनामा १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व आएको छ ।