गृहमन्त्री रमेश लेखकको पद धरापमा

११ जेष्ठ २०८२, आईतवार १२:०९

काठमाडौँ । गृहमन्त्री रमेश लेखकमाथि लागेको अध्यागमन विभागमा सेटिङ मिलाएर रकम असुलीको आरोपका कारण उनको पद धरापमा परेको छ।

गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक बोलाएका छन्।

देउवाले सोमबारका लागि बोलाएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र गृहमन्त्री लेखकसँग जोडिएको विवाद मुख्य एजेन्डा रहने कांग्रेस नेताहरूले बताएका छन्।

लेखकमाथि अध्यागमन विभागमार्फत भिजिट भिसामा विदेश जाने नागरिकहरूबाट दैनिक ५० लाख रुपैयाँसम्म असुली गरेको आरोप लागेको छ।

गृहमन्त्री रमेश लेखकले आरोपलाई अस्वीकार गरे पनि राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग चौतर्फी रूपमा उठिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*