धनवज्र वज्राचार्यको ९४औं जन्मजयन्तीमा स्मृति सभा सम्पन्न

११ जेष्ठ २०८२, आईतवार १२:३१

काठमाडौं । नेपालको इतिहास, संस्कृत भाषा र बौद्ध दर्शनमा अतुलनीय योगदान र्पुयाएका इतिहासकार धनवज्र वज्राचार्यको ९४औं जन्मजयन्तीको अवसरमा राजधानीमा एक स्मृति सभा सम्पन्न भएको छ।

धनवज्र वज्राचार्य शोध सम्मान कोषद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा इतिहासविद् प्राध्यापक डा. त्रिरत्न मानन्धरको उपस्थिति रहेको थियो।

स्मृति सभामा वनस्पतिशास्त्री डा. तीर्थ बहादुर श्रेष्ठ, इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, प्राज्ञ दिनेशराज पन्त, मल्लकालीन अभिलेख अन्वेषक डा. चुन्दा वज्राचार्य, समालोचक डा. दयाराम श्रेष्ठ, साहित्यकार पुष्कर लोहनी, प्राणीशास्त्री डा. मुकेश कुमार चालिसे र वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको सभापतित्व प्राध्यापक हेमन्त शमशेर राणाले गरेका थिए। ज्ञानगुन प्रकाशन तथा हिमालय प्रतिष्ठान सह–आयोजकका रूपमा रहेका थिए।

सभामा धनवज्र वज्राचार्यका पुत्र डा. सिद्धार्थवज्र वज्राचार्यसहित परिवारका सदस्यहरूको पनि उपस्थिति थियो। कार्यक्रममा वज्राचार्यका कैयौं पाण्डुलिपि र शोधमा आधारित पुस्तकहरू नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) लाई हस्तान्तरण गरिएपनि ती कृतिहरू हालसम्म प्रकाशनमा नआएकोप्रति परिवारजनले गुनासो गरेका थिए।

वज्राचार्यद्वारा लिखित लिच्छविकालका अभिलेख, पूर्व मध्यकालको अभिलेख, मध्यकालको अभिलेख लगायतका कृतिहरू नेपाली इतिहासका अमूल्य सम्पत्ति भएपनि सिनासले पुनः प्रकाशन नगर्दा ती पुस्तकहरू दुर्लभ बन्दै गएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*