भारतीय नक्कली नोट कारोबारी युनुस अन्सारी पक्राउ

११ जेष्ठ २०८२, आईतवार १४:२२

काठमाडौं । नेपालमा बसेर भारतीय नक्कली नोटको कारोबार गर्दै आएका युनुस अन्सारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कैद भुक्तान गरी नख्खु कारागारबाट छुटे लगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपाका नेता समिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप गरिएको हो ।

अन्सारीले नेशनल टेलिभिजन सञ्चालन गरी नक्कली भारतीय नोटको कारोबार गर्दै आएका थिए । उनलाई प्रहरीले २०६० सालतिरदेखि पक्राउ गर्दै आएको छ । पटक पटक पक्राउ पर्दै आएका अन्सार बाहिर निस्कने वित्तिकै पुनः नक्कली भारतीय नोटको कारोबार संलग्न हुँदै आएका छन् । पछिल्लो समय मे २५, २०१९ मा पक्राउ परेका थिए ।

File Picture

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*