रवि लामिछानेको मुद्दामा भएको त्रुटि सर्वोच्चले सच्यायो

११ जेष्ठ २०८२, आईतवार १७:२७

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ।

शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ ुआदेशु उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आइतबार पेसी राखेको थियो।

आइतबार सुवेदी र ढकालको इजलासले आदेशु कायम गरेको हो।

‘अदालतबाट जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश ुफैसलाु हुन गएकोले न्याय प्रशासन ऐन, २०७३ दफा १८ ९३० बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन प्राप्त भएको देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

इजलास अधिकृत आफैले त्रुटि सच्याइ पाऊँ भन्दै प्रतिवेदन पेस गरेका थिए।

उक्त माग बमोजिम आइतबार सर्वोच्चले आदेश दिँदै भनेको छ, ‘यसमा, सम्बन्धित मिसिल हेर्दा, उक्त आदेशको शिरखण्डको चौथो हरफमा ‘आदेश’ उल्लेख हुनुपर्नेमा ‘फैसला’ लेखिन गएको देखिँदा प्रतिवेदन मागबमोजिम टाइपमा हुन गएको उल्लिखित त्रुटि न्याय प्रशासन ऐन, २०७३ को दफा १८९३० बमोजिम सच्याइ फैसला लाई ‘आदेश’ कायम गरिदिएको छ। प्रस्तुत आदेशलाई उक्त आदेशको अभिन्न अंग मानी मिसिल सामेल गर्नु।’

सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशलाई सदर गर्दै उनलाई पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको हो।

चैत २२ गते बुटवल इजलासले रविलाई थुनामै राख्न आदेश दिएको थियो। अब मुद्दाको किनारा नलाग्दासम्म रवि थुनामै बस्नुपर्ने भएको हो। त्यसपछि अदालतले गरेको फैसला बमोजिम हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*