गत आवको कर विवरण नबुझाउने ९५ हजार बढि कम्पनी तथा फर्मको प्यान नम्वर निलम्वित
११ जेष्ठ २०८२, आईतवार १७:५८

काठमाडौं । आन्तरिक राजश्व विभागले गत आवको असार मसान्तसम्ममा कर विवरण पेश नगर्ने ९५ हजार भन्दा बढि कम्पनी तथा फर्मको प्यान नम्वर सस्पेण्ड गर्दै तत्काल कर विवरण बुझाउन निर्देशन दिएको छ ।
आन्तरिक राजश्व कार्यालयले आज गोरखापत्रमा सूचना प्रकाशित गरी ९५ हजार ३४९ वटा कम्पनी तथा फर्मको विवरण अद्यावधिक नदेखिएको भन्दै सूचि प्रकाशित गरेको हो । सो सूचिमा समावेश भएका कम्पनीहरुसँग कारोबार नगर्न समेत भनेको छ । आयकर ऐन बमोजिम हरेक आर्थिक वर्ष सकिएको छ महिनाभित्रमा कर विवरण आन्तरिक राजश्व विभागको वेभसाईटमा बुझाउनुपर्ने हुन्छ । सो अनुसार पेश नगर्ने कम्पनीहरुको स्थायी लेखा नम्वर निलम्वित गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।
हेरौं सूचि
ird list











