प्रतिनिधिसभा बैठक साढे २ बजेसम्मलाई स्थगित
१३ जेष्ठ २०८२, मंगलवार १४:२३

काठमाडौं । आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।
संसद सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माग राजीनामा र उच्चस्तरीय छानबीन आयोगको माग गर्र्दै विपक्षीहरूले बैठक अवरोध गरेका हुन्।
शुरूमा आधा घण्टाको लागि भनेर स्थगित गरिए तापनि सहमति जुट्न नसकेपछि सचिवालयले सूचना टाँसेरै बैठक साढे २ बजेसम्म सारेको हो।