राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचार बीमा प्राधिकरणद्वारा ढाकछोप

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचारमा बीमा प्राधिकरण नै ढाकछोप गर्दै आईरहेको छ।
कम्पनीको बर्षौदेखिको अबौं रुपैयाँ हिसाब नमिलाई तयार पारिएको रिर्पोट होस् वा माथिल्लो तामाकोशीको बीमा योजना घोटला देखि भोरी बबई आयोजनाको बिषयमा प्राधिकरण मौन नै बसिरहेको छ ।
स्थलगत सर्वेक्षणमा कडाईका साथ निजि कम्पनीमाथि निगरानी राख्दै आएको बीमा प्राधिकरणले राष्ट्रिय बीमा कम्पनीमा भएको कैयौं कैफियत नजरअन्दाज गर्दै आईरहेको छ ।
प्राधिकरणले यसअघि पनि कम्पनीमा भएका कैयौं गल्तीहरु धाकछोप गर्दै आइरहेका छन् । बिशेष गरी कम्पनीका डेपुटी सिईओ सुवास कोइरालाको सहभागीमा भएको भ्रष्टाचारमा प्राधिकरण मौन रहने गरेको पाइएको छ। राजनितिक शक्तिको आडमा कोइरालाले कम्पनीभित्र भ्रष्टाचारमा गरिरह्दा पनि प्राधिकरणले कुनै कारवाहीको प्रकृया अघि बढाउन भने सकेको छैन ।
बीमा प्राधिकरणकोतर्फबाट स्थलगत निरिक्षणमा खटिएका कर्मचारीहरुले कम्पनीको अवस्था दयनीय रहेको बताँँउछन् । बाहिर बोक्रे भित्र ख्रोक्रो अवस्थामा पुगेपनि बीमा प्राधिकरणले न त कारवाहीको प्रकृया अघि बढाउन अनुमति दिन्छ न त कुनै सहजीकरण नै गरिदिन्छ ती कर्मचारीले बीमापोष्टलाई जानकारी दिएका छन् ।
प्राधिकरणले कम्पनीको गल्ती ढाकछोप गर्न लेखासमितिले कैफियतमा गल्त छ भन्ने स्थितीमा समेत आँखा चिम्म गरेर पुराना वित्तिय विवरण अर्थमन्त्रीको दबाबमा बाध्य भएको भन्दै ढाकछोप गर्ने गरेको छ । पुरानो हिसाब किताबमा बदमासी गरेको कम्पनीको गल्तीमा अब प्राधिकरण पनि सहभागी भएको छ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भेरी बबई सिचाँई आयोजनामा कम्पनीका उच्च तहका पदाधिकारीको मिलेमतोमा ६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारलाई महालेखा परिक्षण प्रतिवेदनमा छर्लङ्गै प्रष्ट पारिएको थियो । तर नियामक निकाय नेपाल बीमा प्राधिकरण आफैले छानविन प्रतिवेदनमा दोषीलाई किटान गर्दै निलम्बन गर्न सिफारिस गरेपनि हालसम्म कार्यान्वयन गर्न सकेको छैन ।
कम्पनीले भेरी बबई हाइड्रोपावर परियोजनाको निर्माण कम्पनीलाई भुक्तानीयोग्य रकमभन्दा बढी रकम भुक्तानी गरेको पाइएको हो । कम्पनीले संरचनामा क्षतिको दुई गुणा बढी भुक्तानी गरेको पाइएको छ ।सो हुँदा पनि प्राधिकरणको मौनतालाई बीमा अधिकारीहरुले कम्पनीको गल्ती ढाकछोपमा सहभागी भएको संज्ञा दिएका छन् ।
तीन करोड रुपैयाँमा बनेको संरचनामा क्षति पनि सोही हारहारीमै हुनुपर्ने थियो । तर, त्यसमा राष्ट्रिय बीमा कम्पनीले आठ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले त्यसमा संलग्न सर्भेयर र कम्पनीलाई पनि कारवाही गनुपर्ने बताएको छ ।
नेपाल बीमा प्राधिकरणले बीमक, बीमक मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीको सम्बन्धमा जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्नसक्ने व्यवस्था रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । भेरी बबई हाइड्रोपावर आयोजनाको एक निर्माण व्यवसायीले आईपीसी नं. २ बाट ३ करोडमा सम्पन्न गरेको कफर ड्यामलगायत अन्य संरचनामा २०७७ असार ८ मा आएको बाढीबाट क्षति भएपछि राष्ट्रिय बीमा कम्पनीमा बीमा दाबी प्रस्तुत गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले एक सर्भेयरलाई सो संरचनाको क्षति मूल्यांकन गर्न नियुक्त गरेकोमा सर्भेयरले अन्तरिम भुक्तानी र रनिङ बिलबापत ८ करोड ८८ लाख ३० हजार क्षतिको मूल्यांकन गरेको र बीमालेखको शर्तअनुसार राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६० लाख भुक्तानी गरेको देखिएको कैफियत भेटिएको छ। सो हुँदा पनि प्राधिकरण मौन नै रहेको छ ।
पुनर्बीमा कम्पनीमा उक्त रकमको दावी प्रस्तुत गरे तापनि सो रकम प्राप्त भएको देखिएन । भुक्तानीयोग्य रकमभन्दा बढी भुक्तानीको लागि बीमक र सर्भेयर उपर प्राधिकरणले छानविन गरी आवश्यक कारबाही गर्न समेत प्राधिकरणलाई निर्देशन दिएपनि उक्त निर्णय कम्पनीलाई जोगाउन नियामकले नै थाती राखेको छ।