जग्गाको मोठ भिडाएर घुस खाने खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, जागिर चैट

२ असार २०८२, सोमबार १६:५७

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित ४ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। उनीहरूले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गर्ने भनेर लेखापढी व्यवसायी (विचौलिया) मार्फत् सेवाग्राहीसँग घुसररिसवत लिने गरेको अख्तियारको आरोप छ।

विचौलियामार्फत् सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएकोबेला रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता थपलियाले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*