बस्नेत इलेक्ट्रोनिक्स र भरत ट्रेडलाई २ लाख ५ हजार जरिवाना, अन्य व्यवसायलाई स्पष्टिकरणको निर्देशन

२ असार २०८२, सोमबार १८:५३

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंका विभिन्न स्थानमा रहेका उद्योग तथा फर्महरूको अनुगमन तथा निरीक्षण गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा दुईवटा फर्मलाई आर्थिक जरिवाना गरिएको छ भने बाँकी ११ वटा फर्मलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२६ मा रहेका बस्नेत इलेक्ट्रोनिक्स सेन्टर र भरत ट्रेड प्रा. लिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिम दोषी ठहर गर्दै विभागले दुवै व्यवसायीलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको हो।

त्यसैगरी जिन्स प्यालेस (काठमाडौं–२५), जि. जि. सप्लायर्स, एस. एम. फेशन स्टाइल, मा अम्बे रेडिमेड स्टोर, जय श्री पदमावती इन्टरप्राइजेज (सभी काठमाडौं–२४), सान्भी इम्पेक्स, न्यू फेशन भाइब्स, नारी फेशन, आहाना कलेक्सन प्रा. लि., मिस फेशन क्रियसन प्रा. लि. र पि. एस. इन्टरप्राइजेज (सभी काठमाडौं–२२) लाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*