निरन्तर बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

५ भाद्र २०८३, शुक्रबार १०:५३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो । अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ७१ हजार ५२० रुपैयाँ पुगेको छ ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*