आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२८ भाद्र २०८३, आईतवार ०८:३६

काठमाडौं । मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागसहित कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*