काठमाडौंमा पाँच दिनमै बिक्यो २ लाख ३३ हजार सिलिण्डर ग्यास

२८ भाद्र २०८३, आईतवार १०:४७

काठमाडौँ ।  काठमाडौं उपत्यकामा पछिल्लो पाँच दिनमा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री भएका छन्।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याएर ग्यास बिक्री गरिएको हो।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ सिलिण्डर काठमाडौं ल्याएर बिक्री गरिएको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*