२१ प्रतिशत लाभांश घोषणा गर्दै नेपाल ल्युब आयलले बोलायो साधारणसभा

२९ भाद्र २०८३, सोमबार ०७:३७

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८३ भदौ २६ गते बसेको सञ्चालक समितिको ३४१औं बैठकले लाभांश प्रस्ताव गरेको हो।

लाभांश पारितका लागि कम्पनीले असोज १९ गते सोमबार बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा पैंतीसौं वार्षिक साधारणसभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ।

सभाले कम्पनीका सहायक कम्पनी एनएलओएल इनर्जी लिमिटेड र एनएलओएल सिनर्जी लिमिटेडसहितको एकीकृत वित्तीय विवरण पनि पारित गर्नेछ। साथै आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, सञ्चालक समितिको पुनर्गठन अनुमोदन गर्ने तथा अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कार्यकारी सञ्चालकको पारिश्रमिक तथा सुविधासम्बन्धी प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ। कम्पनीको आवश्यकताअनुसार सल्लाहकार नियुक्त गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि समावेश छ।

विशेष प्रस्तावतर्फ प्रस्तावित बोनस शेयर र यसअघि स्वीकृत १ः२ अनुपातको हकप्रद शेयर निष्कासनमार्फत बढ्ने पुँजीलाई व्यवसाय विस्तारमा उपयोग गर्ने प्रस्ताव गरिएको छ। हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाइसकेको छ।

बोनस तथा हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र त्यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १९ गतेसम्म बूक क्लोज गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*