संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै रिलायबल नेपाल लाइफ

२९ भाद्र २०८३, सोमबार ०९:४३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको हाल संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको ३० प्रतिशत अर्थात् ७०ः३० रहेको छ। अब उक्त अनुपात परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात् ५१ः४९ कायम गर्ने तयारी गरिएको हो।

कम्पनीको भदौ २६ गते बसेको १८१औं सञ्चालक समिति बैठकले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ।

यसका लागि नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ५ बमोजिम प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। प्रस्ताव कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिई आगामी वार्षिक साधारणसभा प्रस्ताव लैजान लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*