नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

२९ भाद्र २०८३, सोमबार १४:१३

काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाउँ विकास समितिका ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्।

नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। लामो समयदेखि लालपुर्जाको पर्खाइमा रहेका परिवारले प्रक्रिया पूरा भएपछि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्र प्राप्त गरेका हुन्।

यसअघि धनुषाका विभिन्न क्षेत्रका ३ हजार ६०१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*