स्नो रिभर्सको लाभांश घोषणा, असोज २१ गते साधारणसभा

३० भाद्र २०८३, मंगलवार ०८:२९

काठमाडौं । स्नो रिभर्स लिमिटेडको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गर्दै पाँचौं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ।

साधारणसभा आउँदो असोज २१ गते बुधबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि मा बिहान साढे ८ बजेदेखि शुरु हुनेछ। उक्त सभाले हाल कायम चुक्ता पूँजी ९३ लाख ७५ हजार रुपैयाँको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, एनएमबि बैंकबाट लोन स्वीकार गर्ने, जलविद्युत आयोजना तथा कम्पनीमा शेयर लगानी गर्ने निर्णय अनुमोदन गर्ने र १ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ।

त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने र कम्पनीका केही व्यवस्थालाई संशोधन गर्नेछ। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले असोज ८ गते बिहीबार एक दिनका लागि बूक क्लोज गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*