सुनको मूल्यमा गिरावट, अब एक तोला किन्न कति चाहिन्छ ?
३० भाद्र २०८३, मंगलवार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोालामा ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५७ हजार २९० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।









