सरकारको ‘प्याकेज’ले ततायो शेयर बजार, सूचकमा उछाल

३० भाद्र २०८३, मंगलवार ११:२२

काठमाडौं । सरकारले पुँजीबजार सुधारका लागि सार्वजनिक गरेको कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिन थालेको छ। मंगलबार कारोबार सुरु हुनुअघिको प्रि–ओपन सेसनमै नेप्से परिसूचक ८६ अंकभन्दा बढीले उकालो लागेको हो।

प्रि–ओपनमा नेप्से ८६.०५ अंक बढेर २६७१.०९ विन्दुमा पुगेको थियो। बजार खुलेपछि भने सुरुवाती उत्साह केही मत्थर भएको छ। मंगलबार बिहान ११ः१९ बजेसम्म नेप्से ५८ अंकले बढेको अवस्थामा कारोबार भइरहेको छ ।

सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गर्दै बजार सुधारसँग सम्बन्धित २१ वटा योजना अघि सारेका थिए। सरकारले ल्याएको योजनामा पुँजीगत लाभकरमा सहुलियत दिने, पुँजी परिचालनको दायरा बढाउने तथा पुँजीबजारलाई थप विस्तार गर्ने विषय समेटिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*