आज आठ अर्बमाथिको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

३० भाद्र २०८३, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा उछाल आएसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ मा कायम भएको हो ।

यस दिन सूचीकृत ३७४ कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ३० प्रतिशत नगद लाभांश घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्सको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपेन्ट, लिवर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*