कुमारी बैंकद्वारा लाभांश घोषणा

३१ भाद्र २०८३, बुधबार १०:२६

काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले उक्त अवधिका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई बैंकका शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*