लाभांश पारितका लागि नबिल बैंकले बोलायो साधारण सभा, अन्य के के छन् एजेण्डा ?

३१ भाद्र २०८३, बुधबार १०:४०

काठमाडौँ । लाभांश पारितसहितका एजेण्डा बोकेर नबिल बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १४ गते बुकक्लोल गर्ने भएको हुँदा असोज १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*