सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, दुई सातामै दोस्रोपटक घटना

३१ भाद्र २०८३, बुधबार ११:१६

काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति आगलागी भएको छ। आगलागीका कारण फाँटमा रहेका टेबल, कुर्सी र तीनवटा कम्प्युटरमा क्षति पुगेको हो ।

अदालतका अनुसार घटना रातिको समयमा भएकाले कार्यालय बन्द थियो। ढोका बन्द रहेको अवस्थामा आगलागी भएको र बिहान कार्यालय खोल्ने क्रममा मात्रै घटनाबारे जानकारी भएको हो।

आगलागीबाट मुद्दा फाँटमा रहेका महत्वपूर्ण मिसिल तथा फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ। आगलागीबाट भौतिक तथा विद्युतीय सामग्रीमा क्षति भए पनि महत्वपूर्ण न्यायिक दस्तावेजमा असर नपरेको बताइएको छ।

यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो । त्यसबेला अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*