रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला

३१ भाद्र २०८३, बुधबार १५:३५

काठमाडौँ ।  रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई वटा शव फेला परेका छन् । खोजी तथा उद्धारका क्रममा सुरुङभित्र दुई वटा शव फेला परेका हुन् ।

गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ । सोही क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा पनि खोजी गरिएको थियो ।

सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको आयोजनामा बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको खोजी भइरहेको थियो । फेला परेका शवको पहिचान तथा थप विवरण खुल्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*