सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा
३१ भाद्र २०८३, बुधबार १७:४८

काठमाडौँ । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।









