यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय

३१ भाद्र २०८३, बुधबार १८:०१

काठमाडौँ । सरकारले शेयर कारोबारमा पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने, चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यस्ता छन् निर्णयहरु

१. सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली २०८३ स्वीकृत गर्ने, 

२. नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने, 

३. नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने,

४. साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा दिई बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने,

५ चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने,

६. नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*