बैंक खातामार्फत १ अर्ब ३४ करोडको हुण्डी कारोबार, एक युवक पक्राउ

१ आश्विन २०८३, बिहीबार १०:२९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ३५ करोड रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ ।

सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले सहिद नगरपालिका–४ बाट २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई भदौ ३० गते साँझ करिब ५ः२० बजे नियन्त्रणमा लिइएको थियो ।

मलेसियासहित विभिन्न देशबाट हुण्डीमार्फत गैरकानुनी रूपमा रकम कारोबार भइरहेको सूचनापछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा विभिन्न व्यक्तिका साथै व्यावसायिक बैंक खातामार्फत ठूलो रकमको शंकास्पद आर्थिक कारोबार भइरहेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त कारोबारको कुल रकम १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका मुखियामाथि हुण्डीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*