इरानसँग लज्जास्पद पराजय व्यहोर्दै अमेरिका, क्षेत्रीय आर्थिक सन्तुलन नयाँ बन्ने संकेत

काठमाडौं (एजेन्सीहरुको सहयोगमा) । गत फ्रेबुअरी २८ मा अमेरिकाले इरानविरुद्ध सुरु गरेको सैन्य कारवाही अन्ततः लक्ष्य प्राप्त नगरी पराजयको सम्मुखमा पुगेको छ । इरानका सर्वोच्च नेता आयोतुल्ला खामेनीसहितका इरानका शीर्षस्थ नेताहरुको एकैरात हत्या गरेर अमेरिकाले सुरु गरेको युद्ध अहिले अमेरिकाका लागि निकै महंगो मात्रै सावित भएको छैन, विश्वसामू अजेय सैन्य शक्ति समेत इरानमा धुलोपिठो भएर भाग्नुपर्ने अवस्थामा पुगेको छ ।
१७ अगष्टमा गरिएको ६० दिने अस्थायी युद्धविराम सम्झौतापछि पनि युद्ध केही मत्थर त भएको छ तर अमेरिकाका लागि अबको दिन मध्यपूर्वमा सुरक्षित छैन भन्ने स्पष्ट सन्देश पेन्टागनले पाएको छ । अमेरिकी सञ्चार माध्यम सिएनएन सुरक्षा विशेषज्ञ स्टेफेन कोल्नसनले लेखेका छन् कि राष्ट्रपति ट्रम्प इराकी शैलीको ट्रयापमा परेका छन् । जुलाई ३० को संस्करणमा कोल्नसनले राष्ट्रपति ट्रम्पले इरान युद्धबाट बाहिर निस्कने बाटो समेत नपाएको उल्लेख गरेका छन् । त्यस्तै, रोयटर्सले पनि इरान युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नराम्ररी आर्थिक र कुटनीतिक पिंजडामा फस्दै गएको उल्लेख छ ।
पछिल्लो समय सिबिएसले मध्यपूर्वमा अमेरिका सेनाको अस्तित्व नै संकटमा आउने गरी क्षति पुगेको भन्दै फोटो र भिडियो सार्वजनिक गरेपछि अमेरिकाले इरान युद्धमा व्यहोरोले क्षतिबारे प्रष्ट हुन्छ । कुवेत, साउदी अरब, बहराईन, जोर्डन, कतार, दुबईमा रहेका करिब ५० हजार अमेरिकी सेनासहितको सैन्य बेसमा इरानले गरेको शक्तिशाली हमलाका अगाडि अमेरिकी प्रतिरक्षा जवाफ विहिन भएको सिबिएसको रिपोर्टमा उल्लेख छ ।
पछिल्लो समय अमेरिकाको प्रतिरक्षा हतियारका गोलाबारुदको स्टक समेत सकिन लागेकोले अमेरिकाले युद्ध अन्त्य गर्न चाहेको भन्दै पश्चिमा सञ्चार माध्यमहरुले आफ्नो समाचारमा उल्लेख गरिरहेका छन् । गल्फन्यूजले समेत अमेरिकी गोलाबारुदको भण्डारण रित्तिदै गएकोले अमेरिका युद्ध स्थगित गर्ने मुडमा पुगेको उल्लेख गरेको छ ।
हुन पनि पछिल्लो समय जोर्डनस्थित अमेरिकी सैन्य बेसमा इरानले गरेको भिषण मिसाइल र ड्रोन हमलापछि अमेरिकाले जवाफी कारवाही समेत नगरी वार्ता तर्फ कुरा अघि बढाएको छ । जोर्डनमा अमेरिकाका अर्बौ मूल्यका ९ वटा लडाकु जहाजमा क्षति पुर्याएको थियो । इरानसँगको युद्धमा अमेरिकाले हालसम्मकै सबैभन्दा ठूलो क्षति व्यहोरेको छ । दोस्रो विश्वयुद्धपछि भियतनाममा अमेरिकाले सबैभन्दा ठूलो क्षति व्यहोरेको थियो । भियतनाममा अमेरिकाले ५८२८१ सैनिक मारिएका थिए भने १२०० भन्दा बढि अमेरिकी सेना अझै बेपत्ता नै छन् । कूल १५३००० घाइते भएको सो युद्धमा अमेरिकाले १० हजार वटा हेलिकोप्टर तथा जहाज ध्वस्त भएको थियो । उतिबेलाको सो युद्धमा १७६ बिलियन अर्थात हालको करिब एक ट्रिलियन डलर सकिएको थियो । हालसम्मको तथ्याङ्क अनुसार इरानसँगको युद्धमा अमेरिकाले करिब ३५ देखि ४० बिलियन डलर खर्च गरिसकेको छ । मानवीय क्षति कम भएपनि हालसम्म १८ जना अमेरिकी सेना मारिएका छन् भने ८२० जना घाइते भएका छन् ।

विश्वकै अभेद्य भनिएका कैयौं फाइटर जेटसहितका हतियारहरु इरानले खसाली दिएपछि अमेरिका इरानसँगको युद्ध जित्ने भन्दा हार्ने डरले त्रसित देखिन आएको छ । विगत सात महिनादेखि जारी युद्धकै बीचमा ३०० बिलियन डलर क्षतिपूर्ति तिर्ने, सबै प्रकारको नाकाबन्दी फिर्ता गर्ने भनेर बीचमा सम्झौता गरेपनि हर्मोजको बिषय तथा इजरायलले उचालेका कारण युद्ध विराम भाँडिएर पुनः युद्धमा फर्किएको थियो । इरानले विगतको सम्झौता कार्यान्वयन सुरु गरे आफू पनि तत्कालै युद्ध विराम गर्न तयार भएको सन्देश पाकिस्तानमार्फत दिइसकेको छ । एकातिर भियतनामकै नियती भोग्नुपर्ने परिदृष्य र अर्कोतिर आफ्नै देशभित्रको चर्को विवादका कारण इरान युद्धमा अमेरिकाले नराम्रो हारको संघारमा पुगेको छ ।
इरानसँगको युद्ध हार्दा अमेरिकाले मध्यपूर्वमा आफ्नो उपस्थित, पहुँच र सैन्य विस्तारबाट पनि पछि हट्नुपर्ने देखिन आएको छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरु हटाउनुपर्ने मागलाई प्रमुखताका साथ अघि बढाएको छ । जसको अर्थ अहिले युद्धमा उचाल्ने इजरायल पनि आगामी दिनमा एक्लै पर्नसक्ने देखिन आएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग वार्ता भइरहेको र युद्ध चाँडै अन्त्य हुनसक्ने बताएका छन् । इरानी विदेश मन्त्रीको चीन भ्रमणकै अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताको कुरा उठाएका हुन् ।
मध्यपूर्वमा अमेरिकाको पतनसँगै नेपालमा अमेरिकाले राखेको चासो, यहाँको राजनीतिमा पारिरहेको प्रभाव समेत प्रभावित हुनसक्ने देखिएको छ । अदृष्य फण्डिङ तथा भिषा र ग्रिन कार्डको प्रलोभनमा पारेर नेपालका भुपु कर्मचारीहरुमार्फत नेपालको राजनीतिमा अमेरिकाले गेम खेलिरहेको छ ।
इरानसँगको युद्धमा अमेरिकाले पराजय भोगेर भाग्नु परेको अवस्थामा मध्यपूर्व र विश्व अर्थतन्त्रको नयाँ अर्डर बन्ने निश्चित छ । जुलाई २३ र अष्ट्रेलियन युनिभर्सिटीले यस बिषयमा विज्ञहरु समेत सहभागी भई बृहद छलफल समेत गरेको थियो । त्यस्तै, इटालियन इन्टिच्यूट अफ इन्टरनेशनल पोलिटिकल स्टडिजले पनि यस बिषयमा अध्ययन गरेको छ, विस्तृतमा प्रतिवेदन सार्वजनिक गरेको छैन । विश्लेषकहरुले इरान युद्धपछि विश्व व्यवस्था र अमेरिकी सर्वोच्चतामाथि रोक लाग्ने विश्लेषण गरिरहेका छन् ।










