सिद्धार्थ बैंकद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?
१ आश्विन २०८३, बिहीबार १०:४४

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
साथै बैंकले अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव समेत गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।










