कारोबार समयमा विकास हाइड्रोपावरद्वारा लाभांश घोषणा
१ आश्विन २०८३, बिहीबार ११:३०

काठमाडौं । कारोबार समयमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
त्यसैगरी, कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरिएको कम्पनीले जनाएको छ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।










