सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?
२ आश्विन २०८३, शुक्रबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन तोलामा एकैदिन तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार ८६० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले बढेर प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको हो ।











