माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा भेटिए ६ शव

२ आश्विन २०८३, शुक्रबार १२:४९

काठमाडौं । खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट ६ जनाको शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो ।

सेनाले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू सुरुङबाट बाहिर निकालेको जनाएको छ ।

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति समेत देखिएको सेनाले जनाएको छ । उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र पसेको थियो । बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*