आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा कायम भएको छ। आज २ करोड १२ लाख २७ हजार ७६१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यसदिन कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, लिवर्टी इनर्जी कम्पनी, सिद्धार्थ बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, शिवम् सिमेन्ट, बुटवल पावर कम्पनी, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको शेयरमा लगानीकर्ता झुम्मिएका हुन्।











