एक वर्षमा नेप्से १४४ अंक घट्यो, बजार पुँजीकरण पनि खुम्चियो

२ आश्विन २०८३, शुक्रबार १८:१७

काठमाडौँ । २०८२ साउन मसान्तमा २७८८.३७ रहेको नेप्से सूचकाङ्क २०८३ साउन मसान्तमा २६४३.८४ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

२०८३ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण ४५ खर्ब ४७ अर्ब ७५ करोड कायम भएको छ । २०८२ साउन मसान्तमा बजार पुँजीकरण रु.४६५६ अर्ब २७ करोड रहेको थियो । २०८२ साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.१० प्रतिशत रहेकोमा २०८३ साउन मसान्तमा ६८.९० प्रतिशत रहेको छ ।

२०८३ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या ३०५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १११ जलविद्युत्कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन्। २०८२ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २७४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ साउन मसान्तमा सूचीकृत ९ अर्ब ५९ करोड शेयरको चुक्ता मूल्य ९४५ अर्ब ५४ करोड रहेको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा रु.६ अर्ब ४५ करोड बराबरको साधारण शेयर र ४ करोड ५१ लाख बराबरको बोनस शेयर गरी कुल ६ अर्ब ९० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*