नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वतः पदमुक्त भएका थिए । त्यसपछि उनलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएका थिए ।
मन्त्री घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको परमादेशपछि उनी पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा बहाल भएका थिए ।











