आफ्नै बसमा आगो लगाएका चालकको ९० प्रतिशत शरीर जल्यो

५ आश्विन २०८३, सोमबार १५:०९

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै बसभित्र आगो लगाएर आत्मदहाको प्रयास गरेका बस चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ ।

आगलागीबाट गम्भीर घाइते भएका लामाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

घाइते लामालाई सोमबार दिउँसो करिब १ बजे उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनले ट्राफिकसँगको विवादपछि आफुले चलाउने बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लगाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*