सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
८ आश्विन २०८३, बिहीबार १०:५८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तोलामा तीन हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ कायम गरिएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भइरहेको हो ।










