अवतरणको क्रममा सीता एयर जहाजको एउटा पांग्रा खुस्कियो, सबै यात्रु सकुशल

८ आश्विन २०८३, बिहीबार १०:०२

काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एअरको जहाजको पछाडिपट्टिको दायाँतर्फको एउटा पांग्रा खुस्किएको छ ।

नेपालगञ्जबाट १३ जना यात्रु बोकेर गएको उक्त जहाज अवतरणको क्रममा पांग्रा खुस्किएको हो । अहिले उक्त जहाज धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले जाँच गरिरहेका छन् ।

आज बिहान ८ बजेर २५ मिनेटको समयमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको हो । यद्यपि जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*