लाभांश प्रस्तावसहित विकाश हाइड्रोपावरले बोलायो साधारणसभा

८ आश्विन २०८३, बिहीबार ०९:५२

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गर्दै असोज २९ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबार प्रालिमा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि सभामा पेश गरिनेछ।

त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकबाट भए गरेका काम कारवाही अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र सञ्चालक समितिको भत्ता, सेवा सुविधा सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लगानी अनुमोदन तथा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले असोज १९ गते सोमबार १ दिनका लागि बूक क्लोज गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*