दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

८ आश्विन २०८३, बिहीबार १७:१८

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायतका नाममा आदेश जारी गरेको हो।

अदालतले बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्नुपर्ने वा नपर्ने आधार र कारण स्पष्ट गरी आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ।

साथै, सर्वोच्चमा विचाराधीन भट्टविरुद्ध नेपाल सरकारका मुद्दा नम्बर ०८३(च्भ्(००२१ र ०८३(च्भ्(००२२ समेत अवलोकनका लागि यसै मुद्दासँगै पेस गर्न आदेश दिएको छ।

भट्ट विशेष अदालतको आदेशपछि सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*