ताप्लेजुङको दोभानमा भीषण आगलागी, दर्जनौँ घर बने खरानी

८ आश्विन २०८३, बिहीबार १५:२३

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा बिहीबार भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको क्षेत्रमा लागेको आगलागीबाट करिब १० घर जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

करिब ५० घरधुरी रहेको उक्त बस्तीमा आगलागी भएपछि स्थानीयमा त्रास फैलिएको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं। १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

आगो नियन्त्रणका लागि दमकलसमेत प्रयोग गरिएको छ। बाक्लो बस्ती भएकाले आगो थप घरमा फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयले निरन्तर प्रयास गरिरहेका छन्।

आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*