राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४८ अकंले घटेर २५६६.७६ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज स्टान्र्डड चाटर्ड बैंक डिबेञ्चरको ५.७५ प्रतिशत, नेपाल एसबिआई बैंक डिबेञ्चरको ४.९८ प्रतिशत, ग्लोबल आइएमई समुन्नती योजना २ को ४.९८ प्रतिशतले शेयर मूल्य बढेको छ ।











