ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी नियुक्त

२० आश्विन २०८३, मंगलवार १६:३९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा गरेको छ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) का रूपमा कार्यरत थिए।

रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध उनले बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

उनले बैंकमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखका रूपमा काम गरिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।

रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकका अनुसार उसले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा पनि बैंक सम्मानित भएको जनाएको छ।

बैंकका अनुसार ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*