४४ जना उपसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

२१ आश्विन २०८३, बुधबार ०९:४३

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) का ४४ जना कर्मचारीहरुको एकसाथ सरुवा गरेको छ।

उपसचिव लोक बहादुर लोप्चनको शिक्षा तथा खेलकुद मन्त्रालयबाट भाषा आयोग, काठमाडौंमा सरुवा भएको छ भने गेहनाथ गौतमको शिक्षक सेवा आयोग भक्तपुरबाट शिक्षा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ।

त्यस्तै अर्का उपसचिव गोमा देवी चेम्जोङको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंबाट महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*