आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ को विन्दुमा कायम भएको छ। आज १ करोड ३ लाख ६८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन घलेम्दी हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिवर्टी इनर्जी, सानिमा मिडल तमोर हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, हिमालयन डिष्टिलरी, सेन्ट्रल फाइनान्स र अपी पावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन्।











