बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
२१ आश्विन २०८३, बुधबार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५० हजार ६०० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य तोलामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।











